अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-०५
- A
- A-
- A+
डडेलधुरा, अमरगढी नगरपालिका-२ चालिसेको मोड बस्ने ४८ वर्षीय टेक बहादुर ऐरलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ ग्रामसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको किराना पसलमा लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका-८ धापबाट अवैध लागूऔषध चरेस करिब ३ किलोग्रामसहित बझाङ बुङ्गल नगरपालिका-७ कफलसेरी बस्ने १८ वर्षीय किशोरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धापाटबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।