स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
२०८०-०१-०६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-८ लिंकरोडस्थित सांग्रीला बैंक अगाडिबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३४ वर्षीय कृष्ण प्रसाद सोनार र ३९ वर्षीय सुनिल साह कानु रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।