जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०७८-०७-१७
- A
- A-
- A+
अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१० अर्घा बस्ने भिमलाल आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा भिमलाल लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ३ सय ४० रुपैयाँ र ४ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।