प्रहरी चौकी प्याउलीको नवनिर्मित भवन उद्घाटन
२०७८-०७-१७
- A
- A-
- A+
भोजपुर, प्रहरी चौकी प्याउली भोजपुरको नवनिर्मित कार्यालय भवन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विभिन्न ब्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले प्रहरी कर्मचारीले कानुनको परिधिमा रही जनचाहना बमोजिम प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । नयाँ भवनबाट प्राप्त हुने थप हौसलासँगै थप जनमैत्री सेवा प्रवाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा ८ कोठा भएको २ तले उक्त चौकीको निर्माण कार्य सम्पन्न भएको हो ।