प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पटाका सहित पक्राउ तथा बरामद

२०७८-०७-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं,  काठमाडौं महानगरपालिका-१२ भोटबहालस्थित किराना पसल संचालन गरी बस्ने भारत मधुवनी घर भएका २६ वर्षीय कृष्ण कुमार साह र २३ वर्षीय मोती कुमार साहलाई १० किलोग्राम किङ कोब्रा नाम गरेको पटाका सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा उक्त पटाका सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-४ अमरपथ र सोही उपमहानगरपालिका-५ नेपालगंज रोडमा वेवारिसे अवस्थामा रहेको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटाका बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त पटाका फेला पारी ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बरामद गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।