अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-२१
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय राज पार्कीलाई अवैध लागूऔषध ब्राउनसुगर ५ सय ३० मिलिग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।