भरुवा बन्दुक सहित २ जना पक्राउ
२०७८-०७-१८
- A
- A-
- A+
पर्वत, महाशिला गाउँपालिका-२ भोक्सिङ
बागमाराबाट १ थान भरुवा बन्दुक, सोही बन्दुकको ५ सय ग्राम छर्रा, २ सय ५०
ग्राम बारुद सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-१ होश्राङदी बस्ने ४५ वर्षीय राज बहादुर राना र सोही ठाउँ बस्ने ४० वर्षीय रेशम राना रहेका छन् ।
उक्त
स्थानमा लु.३९ प ३८६१ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा हिँडिरहेका
उनीहरुलाई ईलाका प्रहरी कार्यालय लुंखुबाट खटिएको प्रहरीले जाँच गर्ने
क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।