प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकहरू पक्राउ

२०८०-०१-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, झुठ्ठा विवरण पेश गरी विभिन्न मितिमा नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला बलिया उत्तर प्रदेश राज्य घर भएकाहरु काठमाडौं शंखमुल बस्ने ५५ वर्षीय भरत प्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता, ३९ वर्षीय वर्षीय गोपाल गुप्ता, ललितपुर लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, काठमाडौं गोंगबु बस्ने ४३ वर्षीय राम प्रबेश गुप्ता, काठमाडौं कलंकी बस्नेहरू ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मिना देवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् । 

भारत उत्तर प्रदेशका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको खुल्न आएपछि काठमाडौंको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावली विवरण अद्यावधिक  भएको खुल्न आएको छ । साथै भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाडौंमा बसाईसराई भएको प्रमाणपत्र, भारतिय राजदुतावास भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु, पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र ७ थान, मतदाता परिचयपत्र ५ थान र मोबाइल फोन ९ थानसमेत प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  उक्त महाशाखाले जनाएको छ ।


 


सम्बन्धित समाचार
माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-२२

काठमाडौं, वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ७ लाख ५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शाहीले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख १० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

दुई किलो अवैध सुनसहित ३ जना पक्राउ
२०८०-०८-२२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट सुन जस्तो देखिने पहेलो धातु २ किलोग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा गोसाइकुण्ड गाउँपालिका-५ घर भएका २६ बिरू तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन् । भन्सार छली सुन ल्याउन लागेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०२८ च २६९७ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गियरबक्स नजिक बिस्कुट आकारमा २ थानमा रहेको उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोग एक जना पक्राउ
२०८०-०८-२१

 काठमाडौं, अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यकाको न्यूरोड लगायत बिभिन्न ठाउँमा बिलबिजक बिनाको सुनका गरगहनाहरु बिक्री वितरण गरेको तथा गैरकानुनी रूपमा हुण्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट उनलाई सुनका विभिन्न गरगहना तथा  टुक्राहरू, अमेरिकी डलर र नगदसहित फेला पारी पक्राउ गरेको हो । उनको साथबाट सुन तथा सुनका गरगहना ७ केजी  १ सय ८५ ग्राम ३ सय ३५ मिलिग्राम, ३९ लाख ५० हजार रूपैयाँ, ४ हजार १ सय अमेरिकी डलर र विभिन्न कागजात रहेका रेकर्ड फाइल प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।