जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०७-२१
- A
- A-
- A+
तेह्रथुम,
४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेन्छयायेम गाउँपालिका-६ बस्ने ५४ वर्षीय खजेन्द्र बहादुर दमाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मोराहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।