प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ७९ जना पक्राउ

२०७८-०७-२१

  • A
  • A-
  • A+
Share

काठमाडौ, चन्द्रागिरी नगरपालिका-१४ पुरानो नैकाप बस्ने ४१ वर्षीय शंकर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर थापा सहित १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ, जुवातास खेल्न  प्रयोग भएको गलैचा १ थान र ६ सय ३४ पत्ती तास सहित पक्राउ गरेको हो । 

भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाउँ बस्ने ५२ वर्षीय मणिराम पुरीको घरमा तास खेलिरहेको अवस्थामा पुरी लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १२ लाख ४३ हजार ७ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ बाबुगाउँबाट जुवातास खेलिरहेको अवस्थामा ४८ जनालाई नगद ४ लाख ६६ हजार ७७ रुपैयाँ र १० गड्डी तास सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा केही मानिसहरु जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।