अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-१४
- A
- A-
- A+
कैलाली,धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय सन्तोष शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।