प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८०-०२-१६

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
२०८१-०१-०९

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।