श्रोत नखुलेको नगदसहित पाँच जना पक्राउ
२०८०-०२-१९
- A
- A-
- A+
सर्लाही, मलंगवा नगरपालिका-८ मलंगवाबाट श्रोत नखुलेको २ लाख ५० हजार भारतीय रुपैयाँ र १ लाख ७० हजार नेपाली रुपायँसहित हरिवन नगरपालिका-२ बस्ने २३ वर्षीय ईन्द्र बहादुर कार्कीसमेत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बा.३० प ६३१३ र बा.९१ प १३२५ नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।