प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ बाफल डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भएका ३५ वर्षीय कृष्ण तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  

तामाङले ती महिलालाई पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार