प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०७८-०७-२४

  • A
  • A-
  • A+
Share

नुवाकोट, 

बिदुर नगरपालिका-४ बट्टारस्थित लिखु गाउँपालिका-४ घर भएका ४४ वर्षीय राम शाहको रातो भाले होटल एण्ड लजको दोस्रो तलाको कोठामा तास खेलिरहेको अवस्थामा शाह समेत ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५८ हजार ७ सय १० रुपैयाँ र १ बुक तास फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
२०८१-०१-०९

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।