तास खेलिरहेको अवस्थामा पक्राउ
२०७८-०७-२५
- A
- A-
- A+
मोरङ,
बिराटनगर महानगरपालिका-१६ भट्टी मोड बस्ने लक्ष्मी लामाको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ बस्ने ४३ वर्षीय वसन्त राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।