अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-२५
- A
- A-
- A+
सिरहा,
मिर्चैया नगरपालिका-४ बस्ने २८ वर्षीय अनिथा महरालाई १ सय ५० एम्पुल नियन्त्रित लागूऔषध नाईट्राभेट र करिब १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित आँपको बगैँचामा घुमिरहेका अनिथालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।