अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-२६
- A
- A-
- A+
दाङ,
राप्ती गाउँपालिका-१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय उमेश गुरुङ रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।