प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

२०७८-०७-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, 

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुटार गैरीगाउँ बस्ने नवराज पौडेलको जग्गामा सोही ठाउँ बस्ने ३५ वर्षीय सुमन खड्काले तरकारी खेती गर्न बनाएको टहरामा जुवा खेलिरहेको अवस्थामा खड्का सहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद  ५ लाख ११ हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-१२ चापापानी बस्ने मुस्ताङ थासाङ गाउँपालिका-३ घर भएका ३२ वर्षीय नबिन गौचनको घरमा तास खेलिरहेको अवस्थामा गौचन लगायत ६ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
२०८१-०१-१३

काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका-१८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर र कैलालीबाट १३ जना पक्राउ
२०८१-०१-०९

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तिबोझा बस्ने ४६ वर्षीय मण्डी बडायकको नास्ता पसल छेउमा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा बडायक समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहररूलाई नगद ११ हजार ५ सय १० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दको होटल रेड्सन प्लाजामा जुवातास खेलिरहेको अवस्थामा चन्द समेत ५ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।