अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७८-०७-२९
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने ३२ वर्षीय अरुण सिंह ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०१-००५ ख ९९४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अरुणलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध २ सय ८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाईजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल सहित गोरखा सहिद गाउँपालिका-७ बस्ने २२ वर्षीय मनिष श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका मनिषलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-११ काउडाँडा बस्ने गोबिन्द खत्रीलाई ३ केजी अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा राखेको छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा कोठाभित्र गुन्द्रीमा सुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
महोत्तरी, जलेश्वर नगरपालिका-७ बस्ने ४२ वर्षीय सागर दासको घरबाट ४३.५ केजी अबैध लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । सागरले घरमा गाँजा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र सशस्त्र प्रहरी बल बिओपि जलेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा कोठाभित्र प्लाष्टिकको पोका पारी गहुँको भुस्साले छोपी राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार रहेका सागरको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।