कटुवा पेस्तोल सहित पक्राउ
२०७८-०८-०१
- A
- A-
- A+
रुपन्देही, तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।