चाँदीको जस्तो देखिने पाँच किलो धातुसहित भारतीय नागरिक पक्राउ
२०८०-०५-०८
- A
- A-
- A+
सिरहा, भगवानपुर गाउँपालिका-४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित भारत मधुबनी बरहमपुरा-३ बस्ने ५२ वर्षीय विश्वनाथ साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।