जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०५-२१
- A
- A-
- A+
झापा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विवेकले ती बालिकालाई सोही ठाउँस्थित टाङटिङ खोलाको डिल नर्सरी घारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दाङ, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-१ माथिल्लो भालुवाङ बस्ने १६ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।