जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०६-१०
- A
- A-
- A+
उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी राजबिराज नगरपालिका-३ बस्ने ३४ वर्षीय आसुतोष तिवारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई उनकै घरकोठामा गत भदौ ३० गते साँझ तिवारीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।