प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोलसहित एक जना पक्राउ

२०८०-०६-११

  • A
  • A-
  • A+
Share

महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनी चोकबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १ राउण्ड, किल्ला उक्काउने रड २ थान र पेचकस १ थानसहित भारत बिहार राज्य सितामढी जयनगर ग्रामपंचायत-११ बस्ने २४ वर्षीय बलबिन्द्र महतोलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय खैयरबनीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० के ३४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारी चालक महतोलाई पक्राउ गरेको हो । 

साथै बिआर ५५ ए २७२५ नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएकोमा प्रहरीले उनको खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
कच्ची घरभित्र लुकाई राखेको विभिन्न हातहतियार बरामद
२०८०-०८-०४

रौतहट, यमुनामाइ गाउँपालिका-३ मलेनियास्थित फुसको छानो भएको कच्ची घरबाट मेड इन युएसए लेखिएको पेस्तोल २ थान, पेस्तोल १ थान, एयर गन १ थान, गोली १३ राउण्ड, पेस्तोलको खाली म्याग्जिन ६ थान, मोबाइल २ थान, घडि १ थान, सिमकार्ड ४ थान, पेनड्राइभ १ थान र शेख एजाज अहमदको नामको नेपाली नागरिकता १ थान आइतबार साँझ बरामद भएको छ ।  उक्त घरभित्र हातहतियार लुकाइ राखेको भन्ने जिल्ला प्रहरी कार्यालय रौतहटमा सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसमेतको संयुक्त टोलीले घर तलासी गर्दा उक्त हातहतियार फेला पारी बरामद गरेको हो ।  बरामद हातहतियार ईलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखि प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

विभिन्न हातहतियारसहित पाँच जना पक्राउ
२०८०-०७-२३

बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुरबाट विभिन्न हातहतियारसहित ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिम्रौनगढ नगरपालिका-११ भगवानपुर बस्ने ३५ वर्षीय उपेन्द्र पटेल, ६२ वर्षीय रुपलाल पटेल, २७ वर्षीय धरिन्जन पटेल, रौतहट देवाही गुनाही नगरपालिका-३ बस्ने ८० वर्षीय शोभा राउत र रौतहट बौधिमाई नगरपालिका-२ बस्ने ४४ वर्षीय राज मंगल पटेल रहेका छन् । उपेन्द्र पटेलको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले घर तलासी गर्दा घरेलु रिभल्बर १ थान, सोही रिभल्बरको गोली ७ राउण्ड, घरेलु नलकटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोली ३ राउण्ड फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उपेन्द्रको घर आगाडि रोकी राखेको ना.९ प २६३० नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

विभिन्न हातहतियारसहित दुई जना पक्राउ
२०८०-०७-१८

दाङ, गढवा गाउँपालिका-६ बस्ने ४९ वर्षीय दिल बहादुर राना र ४५ वर्षीय निम बहादुर बुढालाई विभिन्न हातहतियारसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले बगाले बिसाउने सामुदायिक वनबाट दिलबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १३ थान, छर्रा २४ थान, बारुद करिब ५० ग्राम, खुकुरी २ थान र बन्दुकमा लगाउने केप ७ थान तथा निमबहादुरलाई भरूवा बन्दुक १ थान, फलामको गोली १० थान, छर्रा १३ थान, बारूद करिब ५० ग्राम र बन्दुकमा लगाउने केप ५ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।