प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ९ जना पक्राउ

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

झापा, विर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय धिरज अग्रवालको घर गोदाममा जुवातास खेलिरहेको अवस्थामा अग्रवाल समेत ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  

काठमाडौं, टोखा नगरपालिका-३ थापागाउँ पुलमा लङ्गुर बुर्जा (जुवा) खेलिरहेको अवस्थामा काठमाडौं फुटुङ बस्ने सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३० वर्षीय रोशन राई  समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार २ सय २० रूपैयाँ, ६ वटा गोटी र १ थान खेल्ने पालसहित पक्राउ गरेको हो ।  

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय २९ जना पक्राउ
२०८१-०७-१९

काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी रामनगर पाटी प्‍यालेस नजिक बस्ने ४३ वर्षीय सूर्य भन्ने राम बहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६९ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।  नुवाकोट, बिदुर नगरपालिका-५ माथिल्लो पिपलटार ठुलोगाउँ बस्ने ३० वर्षीय बिनोद कुमालको घरमा कौडा खेलिरहेको अवस्थामा बिनोद समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार ९ सय १० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।  मुस्ताङ, घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय सुरज लालचन समेत १२ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख ५२ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।  पाँचथर, फिदिम नगरपालिका-१ बस्ने ५६ वर्षीय खेमनाथ अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा अधिकारी समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ५ सय ३० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-४ सल्यानीबाग बस्ने सुवाष तारामी मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय पृतम शाक्य समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ८ सय २० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१५ बस्ने दान बहादुर थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ५१ वर्षीय खेम प्रसाद पाण्डे समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ४ सय ५ रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो ।  कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने ४२ वर्षीय भैरब चन्दको रोयल फेम्ली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेको अवस्थामा चन्द समेत २० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ९ सय ११ रूपैयाँ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय मुकेश चौधरी समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद  ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती तास सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने  ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन थापा समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय बाँसगढी र इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय २४ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ
२०८१-०७-१६

काठमाडौं, मोरङ, बिराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरेको हो ।  डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
२०८१-०७-१५

ललितपुर, गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ र १५ थान कौडा सहित पक्राउ गरेको हो । तनहुँ, भानु नगरपालिका-४ धोतीचौतरा बस्ने ५६ वर्षीय अक बहादुर थापाको घर पछाडि जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ३ सय ८५ रूपैयाँ र १ सय ६० पत्ता तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-१ बराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय राजेन्द्र बहादुर शाह समेत १३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ७४ हजार ९८ रूपैयाँ र १४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-७ सुडास्थित ३९ वर्षीय अमर सिह धामीको न्यू हाइवे वाइन्स एण्ड क्याफेमा जुवातास खेलिरहेको अवस्थामा धामी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  पाल्पा, रम्भा गाउँपालिका-१ असर्दीस्थित स्याङ्जा गल्याङ नगरपालिका-११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका-१ सगाहा बस्ने ५६ वर्षीय बल बहादुर रानाभाट समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ५० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझास्थित एभर ग्रिन पेट्रोल पम्पको भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ गणेशपुर बस्ने ४७ वर्षीय प्रमेन्द्र बोहोरा समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ३ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।