अवैध लागूऔषधसहित पक्राउ
२०८०-०६-१६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-२१ विरगंज पथलैयाबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही महानगरपालिका-२८ बगही बस्ने ४४ वर्षीय फागु साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सर्लाही, ईश्वरपुर नगरपालिका-५ बारान टोलबाट नियन्त्रित लागू औषध १ सय एमएलको २ सय २ बोतल विनसिरेक्ससहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ब्रहम्पुरी गाउँपालिका-५ बस्ने २७ वर्षीय कारी पासवान र २० वर्षीय अग्लेक्स पासवान रहेका छन् । ईलाका प्रहरी कार्यालय केसरगंजबाट खटिएको प्रहरीले बीआर ३० आर ९०३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा जुटको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।