नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०८-०५
- A
- A-
- A+
पर्सा, छिपरमाई गाउँपालिका-४ बन्जरी पुलस्थित सडकबाट नियन्त्रित लागूऔषध ४ सय ५० एम्पुल नुफिन, ४ सय ५० एम्पुल डाइजेपाम र ४ सय ५० एम्पुल प्रोमिफाइजाम हाईड्रोकोलोराइड सहित धोविनी गाउँपालिका-२ आसवारी बस्ने २६ वर्षीय दिवाकर कुमार साहलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेको ना.४५ प ११६४ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी भिष्वा बन्जारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साहलाई झोलामा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।