लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-०८
- A
- A-
- A+
बाँके, लागूऔषध मुद्दाका फरार प्रतिवादी राप्ती सोनारी गाउँपालिका-५ बिनौना बस्ने ५० वर्षीय चक्र बहादुर थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ माघ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना ५ दिन कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।