तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
२०७८-०८-११
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-३० मैतीदेवी डेरा गरी बस्ने सप्तरी राजविराज नगरपालिका घर भएका २७ वर्षीय दिपक दासको कोठामा तास खेलिरहेको अवस्थामा दास सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिपकको कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६२ हजार १ सय ३० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।