लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-०८-१२
- A
- A-
- A+
मोरङ, लागूऔषध मुद्दाका फरार प्रतिवादी सुनसरी ईटहरी उपमहानगरपालिका-१ बस्ने ४२ वर्षीय रामप्रवेश बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जिल्ला अदालत विराटनगर मोरङको २०७५ फागुन १५ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार भएका बिकलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।