अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-१६
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका-६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बागमती नगरपालिका-२ बस्ने २३ वर्षीय खवाङ तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१० प ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन, ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१५ रामबजार बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका पवैगौंडे घर भएका २८ वर्षीय जोनी गुरुङ र तनँहु शुक्लागण्डकी नगरपालिका-१६ ढोरबाराही बस्ने २६ वर्षीय पुर्ण बहादुर गुरुङ रहेका छन् । ग.२१ प ५६३३ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।