नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०८-१७
- A
- A-
- A+
नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध ७ एम्पुल डाइजेपाम, ७ एम्पुल फेनारगन र ६ एम्पुल नुफिन सहित कास्की पोखरा महानगरपालिका-९ बसपार्क बस्ने २३ वर्षीय विकाश गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लु.१ ख ४१९५ नम्बरको बसलाई प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।