तास खेलिरहेको अवस्थामा पक्राउ
२०७८-१०-०७
- A
- A-
- A+
सिरहा, लहान नगरपालिका-७ स्थित छाप्रोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय ईनुस मोहम्द लगायत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त छाप्रोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।