मोटरसाईकल आउटराईडर्स तालिम समापन
२०७८-१०-२४
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित २१औं समूहको मोटरसाईकल आउटराईडर्स तालिम सोमबार समापन भएको छ ।
उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीले तालिमबाट हासिल गरेका ज्ञान, सिप र कौशललाई आ-आफ्नो कार्य क्षेत्रमा दिएको जिम्मेवारी अनुसार निवार्ह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अन्जन राज खरेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत पुस १२ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा २६ जना प्रहरी जवानहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।