प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा


परिचयः-


नेपालभर सवारी साधन सुचारु रुपले संचालन गर्न र यस क्षेत्रलाई व्यवस्थित गर्नको साथै सेवा विशिष्टीकरणको अवधारणालाई मूर्त रुप दिन वि.स. २०४७ सालमा प्रहरी प्रधान कार्यालयमा सवारी नियन्त्रण महाशाखा र तत्कालिन श्री ५ को सरकारको मिति २०५८।०१।२० को निर्णय अनुसार प्रहरी प्रधान कार्यालय, कार्य विभाग अन्तर्गत रहेको सवारी नियन्त्रण महाशाखालाई स्तरबृद्धि गरी प्र.ना.म.नि.को दर्जा समेत थप गरी ट्राफिक निर्देशनालयको रुपमा स्थापना भएकोमा हाल राजमार्ग सुरक्षा तथा ट्राफिक माहाशाखा रुपमा काम गरिरहेको छ । ट्राफिक महाशाखाको स्थापना भए पश्चात नेपालभरको ट्राफिक व्यवस्थापन र नियन्त्रण व्यवस्थित गर्न वार्षिक योजना तथा कार्यक्रमहरु तयार गरी कार्यान्वयन भईरहेको छ ।

नेपाल प्रहरीको बिद्यमान सांगठनिक संरचनालाई पुन: संरचना गर्ने सम्बन्धमा श्री गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०७४।१२।२९ गतेको निर्णयानुसार गठित संगठन तथा ब्यवस्थापन सर्वेक्षण समितिले सिफारिस गरे बमोजिम नेपाल सरकार (मन्त्रीपरिषद) को मिति २०७५।०२।२७ गतेको बैठकबाट स्वीकृत “संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७५” अनुसार ट्राफिक निर्देशनालयको नाम परिवर्तन भई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नामाकरण भएको हो । जसको प्रत्यक्ष मातहतमा महानगरीय ट्राफिक प्रहरी महाशाखा र प्रदेश ट्राफिक प्रहरी कार्यालयहरु रहेका छन् । 


उद्देश्य तथा कार्यनीति:-


देशभरका ट्राफिक प्रहरी र ट्राफिक व्यवस्थापनलाई समयानुकुल अझ बढी प्रभावकारी तथा जनमुखी बनाउन बिशिष्टिकरणको अवधारणा समेतलाई क्रियाशील गराई बिभागीय मूल नीति अनुरुप योजना तर्जुमा गरी सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी नीति निर्माण गर्न ,ट्राफिक व्यवस्थापनलाई समयानुकुल श्रोत साधनयुक्त र आधुनिकीकरण गर्दै लैजाने, नेपालभरीको ट्राफिक दुर्घटना सम्बन्धी विवरण अभिलेख राख्ने र राख्न लगाउने, सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय, सहकार्य गरी सर्वसाधरणमा ट्राफिक सम्बन्धी ज्ञानको अभिवृद्धि गर्ने, ट्राफिक व्यवस्थापनमा देखा परेका समस्याहरु तथा समाधानका लागि पहल गर्ने, ट्राफिक प्रहरी समूहलाई सेवा बिशिष्टीकरण गदै समय सापेक्ष स्तरीय, सक्षम तथा दक्ष बनाउनुका साथै नेपालभरिको ट्राफिक व्यवस्थापनको रेखदेख, नियन्त्रण तथा सुपरिवेक्षण गर्ने, गराउने यस निर्देशनालयको कार्यनीति रहेको छ ।