प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्य विभाग - विमानस्थल समन्वय शाखा


परिचय:-


आन्तरिक तथा बाह्य सुरक्षा चुनौती र परिवर्तित अपराधिक कार्यविधिका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन सक्ने गैरकानूनी क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रण गर्न, भरपर्दो सुरक्षा व्यवस्था मिलाउन तथा विमानस्थलहरुको सुरक्षा सम्बन्धमा आवश्यक समन्वयकारी भूमिका खेल्ने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७८/०३/१० गतेको निर्णय वमोजिम कार्य विभाग अन्तर्गत रहने गरी विमानस्थल समन्वय शाखाको स्थापना भएको हो ।

 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आपराधिक क्रियाकलापहरुमा संलग्न व्यक्तिहरुको  निग्रानी राखी आवागमनको नियन्त्रण गर्न तथा विमानस्थलहरुको सम्पूर्ण सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन देशभरका आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलहरु सँग सुरक्षा समबन्धमा आवश्यक समन्वय,अनुगमन र सुपरिवेक्षण गर्ने लगायतका कार्यहरु यस शाखाले गरिरहेको छ । 


उद्देश्य:-


आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि रणनीति तथा कार्ययोजना तर्जुमा गरी कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन गर्नुका साथै विमानस्थल सुरक्षा सम्बद्ध श्रोत साधन, प्रविधि तथा क्षमता अभिवृद्धि कार्यक्रमको पहिचान गरी आवश्यक श्रोत व्यवस्थापन गर्न सरोकारवाला निकाय र तालुक कार्यालयसँग समन्वय गर्नु यस शाखाको मुख्य उद्देश्य रहेको छ ।