प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी तालिम केन्द्र, जनकपुर - परिचय


परिचयः

पृष्‍ठभूमी:

नेपाल प्रहरीको विद्यमान सांगठनिक संरचनालाई पुनः संरचना गर्ने सन्दर्भमा श्री तालुक गृह मन्त्रालय (माननीय मन्त्रिस्तर) को मिति २०७४/१२/२९ गतेको निर्णय अनुसार गठित"संगठन तथा व्यवस्थापन सर्वेक्षण" समितिको प्रतिवेदन२०७५, नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७५/०२/२७ गतेको बैठकबाट स्वीकृत गर्ने निर्णय भए पाश्‍चात प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नं. २ धनुषा, जनकपुरका लागि प्र.ब.उ. देखि प्र.का.स. समेत गरी जम्मा २३१ जना दरबन्दी सहित नयाँ निकासा भएको र अन्य प्रदेशमा रहेका तालिम केन्द्रहरूसँग एकरूपता हुने गरि शुरूमा क्षेत्रीय प्रहरी तालिम केन्द्र र पछि प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नं. २ जनकपुर, सम्पर्क कार्यालयः राजबिराजको नाममा साबिकको संघीय प्रहरी इकाई कार्यालय राजबिराज रहेको स्थानमा मिति २०७५/०५/११ गते स्थापना भई प्रशिक्षण गतिविधिहरू संचालन गर्दै आईरहेको छ ।


तालिम केन्द्रको कार्यालय  स्थापना तथा संचालनका सुरुवाती दिनमा दरबन्दीका र अन्यत्रबाट काजमा आएका गरि प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक तथा अन्य जिम्मेवारी सहित कार्यविभाजन गर्दै तालिम संचालन गरिएको थियो। तालिम केन्द्र स्थापना भएपश्चात प्रशिक्षण गतिविधिहरू प्रभावकारी रूपमा संचालन गर्नु पर्ने भएकोले उन्नत तथा आधारभूत तालिमहरु संचालन गर्न गराउनका लागि वार्षिक तालिम कार्यक्रम (क्यालेण्डर) तयार गरी तालिम गतिविधिहरु संचालन भईरहेको छ । तालिम केन्द्रलाइ आवश्यक पर्ने जग्गा मिति २०७५।०६।२९ गते जिल्ला धनुषा, मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा ५,५७,८०३.६९ वर्गमिटर(८२-७-४.५) बिगाह जग्गा प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नं. २ जनकपुरका नाममा प्राप्‍त भएको  ।


सह-समादेशक/सूचना अधिकारी
प्र.ना.उ. खगेन्द्र बहादुर खड्का
सम्पर्क नम्बरः९८५१२८१२०१

हाम्रो बारेमा
कार्य क्षेत्रः-
संगठनको उद्देश्य अनुरुप २ नं. प्रदेश अन्तरहतका प्रहरी कर्मचारीहरुका लागी आधारभुत तथा उन्नत तालिमहरु प्रदान गरिरहेको ।

उद्देश्यः-
- समायानुकुल दक्ष प्रहरी जनशक्ति उत्पादन गर्नु यस केन्द्रको उद्देश्य रहेको  ।

Card image cap
Kedar Dhakal

SSP