प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली - हाम्रो बारेमा

लक्ष्य:

व्यवसायिक प्रहरी जनशक्ति उत्पादन गर्न आधारभूत तालिमको माध्यमद्वारा ज्ञान, सिपको विकास गर्ने, कार्यक्षमता अभिवृद्धि गर्न उन्नत एवं अनुशिक्षण तालिम प्रदान गरी जनअपेक्षा अनुसार सेवा प्रवाह गर् सक्ने अनुशासित, कर्तव्यपरायण र जिम्मेवारीवोध सहितको सक्षम एवं कुशल प्रहरी जनशक्तिको विकास गर्ने ।

उद्देश्य:

  • संगठनको मूल्य, मान्यता र अनुशासनलाई  कायम राख्दै जन अपेक्षा अनुसार सेवा उपलब्ध गराउन प्रहरीको आचरण व्यवहारलाई जनमैत्री एवं चुस्त दुरुस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्बारा ज्ञान, सिप र कार्य कौशलता प्रदान गर्ने ।
  • तालुक कार्यालय तथा यस तालिम केन्द्रको तत्वावधानमा आयोजित तालिमहरु संचालन गर्ने र तालुक, मातहत प्रहरी ईकाईहरुमा संचालन गराउने ।
  • नव प्रवेशी प्रहरी जवानहरुलाई आधारभूत तालिम र बढुवा भएका प्रहरी सहायक निरीक्षकहरुलाई जुनियर प्रहरी अधिकृत अल्पकालीन आधारभूत तालीम संचालन गरी  व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने साथै आचरण तथा प्रहरी संस्कार र मुल्य मान्यताहरुको विकास गराई कुशल तथा सक्षम प्रहरी जनशक्तिको उत्पादन गर्ने ।
  • सेवा बिशिष्टिकरणको अवधारणा अनुसार समय सापेक्ष व्यवसायिक क्षमता अभिवृद्धि गर्न तालीमको नीति र कार्य योजना अनुसार बिभिन्न उन्नत, अनुशिक्षण तथा सेवाकालीन (On the job training) तालीमहरु सञ्चालन गर्ने ।
  • नियमित अतिरिक्त कृयाकलापको माध्यमबाट प्रशिक्षक, प्रशिक्षार्थी लगायत सबै प्रहरी कर्मचारीहरुको ब्यक्तिगत क्षमतालाई प्रष्फुटन गराई नेतृत्व क्षमताको विकास गर्ने ।
  • प्रहरी प्रशिक्षण निकायहरुका लागि प्रशिक्षक प्रशिक्षण (कवाज) तालिम संचालन गरी आवश्यक कुशल एवं योग्य बाह्य प्रशिक्षकहरु तयार गर्ने ।
  • संगठनको लागि आवश्यक प्रहरी जवानहरुको भर्ना तथा छनौट गर्दा निष्पक्ष एवं पारदर्शी तरिकाबाट गर्ने ।
  • प्रहरी कर्मचारीहरुको वृति विकासको लागि बिभिन्न कल्याणकारी कार्य गर्ने ।

Card image cap
Krishna Hari Sharma

Senior Superintendent of Police