प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
ताजा अपडेट
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।


चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण
२०८१-१२-२५

काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको   छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

  • हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
    २०८१-१२-२६

    काठमाडौं,  विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले १३ वटा मोटरसाइकल र ७ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, ईमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँबसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।    

    [ विस्तृतमा ]
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
    २०८१-१२-२६

    काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्सा विन्दवासिनी गाउँपालिका-२ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको २०६९ कात्तिक २४ गतेको फैसलाले उक्त मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पर्सा वीरगंजबाट पक्राउ गरेको हो । लोकनाथले पर्सा साविक बहुअर्वाभाठा गाबिस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादको विषयमा छलफल गर्ने भनि बोलाई २०६४ वैशाख २५ गते गोली प्रहार गरी हत्या गरी फरार भएको घटनामा अदालतले उनी उपर उक्त फैसला गरेको थियो । साथै उनी भारत चम्पारण पिपरियास्थित रामजानकी मन्दिरमा पुजारीको रूपमा १० वर्षदेखि साधुको भेष धारण गरी लुकिछिपी बसेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित पाँच जना पक्राउ
    २०८१-१२-२६

    काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ६ किलोग्राम सहित थाईल्याण्डकी नागरिक २७ वर्षीया MISS KANOKWAN PONGSUWAN मंगलबार दिउँसो पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागेजबाट उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब २० किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमी गाउँपालिका-७ बस्ने ४२ वर्षीया ईन्दिरा राई र ४९ वर्षीया सीता कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले अखुवाबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००२ ज ४३३८ नम्बरको बोलेरोमा सवार ईन्दिरालाई १० किलोग्राम र प्र.१-०२-००१ ख ८५२९ नम्बरको बसमा सवार सीतालाई १० किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।बारा, निजगढ नगरपालिका-८ कभडहल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बकैया टोल बस्ने ३४ वर्षीय कमल केसी र सोही नगरपालिका-९ बस्ने ४३ वर्षीय राम गोपाल श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले पथलैयाबाट निजगढतर्फ आउँदै गरेको म.प्र.०३-०३० प २९६१ नम्बरको  स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-१२-२६ प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना
२०८१-१२-२६ प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना (२०८१-१२-२६)
२०८१-१२-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत सञ्चारतर्फ, सङ्गीततर्फ, कम्प्युटरतर्फ, सवारीतर्फ, विधिविज्ञानतर्फ, केनाईनतर्फ, हातहतियारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फ प्र.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२५ गते) ।
२०८१-१२-२५ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.स.नि. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२६ गते)।
२०८१-१२-२५ प्राविधिक प्रहरी समूह अन्तर्गत मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्र.व.ह. पदमा तथा संचारतर्फ, स्वास्थ्य प्यारामेडिक्सतर्फ र स्वास्थ्य अन्यतर्फ प्र.स.ह. पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८१।१२।२६ गते)।
२०८१-१२-२२ Re-Invitation for Sealed Quotations (2081-12-22)
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-१२-१५ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहहरू तर्फ रिक्त प्रा.प्र.नि.,प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-१२-१५)
२०८१-०८-२१ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०८-२१)
२०८१-०८-२१ प्रहरी कार्यालय सहयोगी पदको विशिष्टीकृत कार्य क्षेत्र चयन फाराम (२०८१-०८-२१)
२०८१-०८-२१ दरखास्त फाराम (२०८१-०८-२१)
२०८१-०५-२८ जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०५-२८)
२०८१-०४-२८ नेपाल प्रहरी अस्पतालको आवश्यकता सम्बन्धि सूचना
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम: प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८१-१२-२५)
रेडियो कार्यक्रम (२०८१-१२-१८)
रेडियो कार्यक्रम (२०८१-१२-१४)
रिपोर्ट तथा प्रकाशन
अपराध तथ्याङ्क

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।