हालका दिनहरुमा उपत्यकास्थित विभिन्न ठाउँमा रातको समयमा घरमा हातहतियारसहित आएर ढोका फोडी घरधनीलाई नियन्त्रणमा लिई नगद तथा अन्य बहुमुल्य सरसामान लुटी लैजाने र कही कतै उजुरी गरेमा पुनः आई लुट्ने भनी त्रासको सिर्जना भएको भन्ने जनगुनासो विभिन्न सामुदायिक सेवा केन्द्रबाट भएको छलफल तथा गोष्ठीबाट आएको हुँदा त्यस्ता किसिमका घटनाहरु हुन नदिन समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न, नागरिकहरुलाई सचेत गराउन प्रहरी प्रधान कार्यालयले सजगता अपनाउन आम जनमानसमा निम्न विशेष अनुरोध गर्दछ ।
निम्न:-
रातको समयमा कसैले ढोका ढकढकाएमा नचिनिकन ढोका नखोल्ने ।
घर वरिपरिको झाडी लगाएत लुक्न सक्ने स्थान भएमा सोको व्यवस्थापन गर्ने ।
नचिनेको व्यक्तिहरु आफ्नो घर वरिपरी शंकास्पद अवस्थामा देखिएमा तुरुन्त प्रहरी कन्ट्रोल १०० नम्बरमा वा नजिकको प्रहरी ईकाईहरुमा खवर गने ।
यसैगरी रातको समयमा घर बाहिरको बत्ती बालिदिने ।
बढी चोरी हुने स्थानमा साईरन तथा सिठीको प्रयोग गर्ने ।
स्थानीय प्रहरीसँग सम्पर्क गरी सूचना आदान प्रदान गर्ने ।
रातको समयमा एक्लै नहिडने ।
अपरिचित व्यक्तिहरुलाई घरको बारेमा पूर्ण विवरण नदिने ।
घर भाडामा बस्ने व्यक्तिहरुको बारेमा यथार्थ विवरण राखी नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने ।
शंकास्पद गतिविधिको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरी आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित हुनेतर्फ सहयोग गरिदिने ।
आफू घर छाडेर अन्यत्र जानुपर्दा छिमेकीलाई घरको रेखदेख गर्न अनुरोध गर्ने ।
कतै तपाईको टोल छिमेकमा अपराधिहरुले अपराधका तानाबाना बुनिरहेका त छैनन् ?
अपराध तथा अपराधी सम्वन्धी गोप्य सूचना निम्न ठेगानामा समयमै दिई अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी सँग हातेमालो गरी अपराधरहित समाजको निर्माणमा योगदान पुर्याऔं।
सहयोगको लागि धन्यबाद।
सम्पर्क माध्यम
फोन नं.:-४४१२७४८ टोल फ्री नं.:- १६६००१४१५१६ मोवाईल नं.:-९८४९०९११३९
फ्याक्स नं.:-४४१२७४८ ई.मेल:-
यो ई-मेल हेर्नकोलागी कृपया जावास्क्रिप्ट लाई शुरु गर्नुहोस्
/
यो ई-मेल हेर्नकोलागी कृपया जावास्क्रिप्ट लाई शुरु गर्नुहोस्
जमिम साहको हत्या सम्बन्धमा छानवीन गर्न समिति गठन
काठमाडौँ, माघ २५ गते
काठमाडौँ महानगरपालिका लाजिम्पाटस्थित फ्रेन्च राजदुतावास अगाडि माघ २४ गते दिउसो साढे २ वजे ना.१ च २१५१ नम्बरको गाडीमा अज्ञात २ जनाले गोली प्रहार... बाँकी...
अवैध लागूऔषध सहित ३ जना पक्राउ
काठमाडौँ, माघ २५ गते
काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट बारा जिल्ला कलैया नगरपालिका–५ घर बताउने २३ वर्षीय श्रीभगवान प्रसादलाई लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन... बाँकी...
खुकुरी प्रहार गर्ने पक्राउ
नवलपरासी, माघ २५ गते
नवलपरासी जिल्ला बडहरा दुवौलीया–७ जितपुर बस्ने २ जनालाई माघ २४ गते राति साढे ९ बजे खुकुरी प्रहार गरेको अभियोगमा हरिलाल हरिजनलाई प्रहरीले पक्राउ गरी... बाँकी...
नक्कली पेस्तोलसहित दुईजना प्रहरीद्वारा पक्राउ
काठमाडौँ, माघ २५ गते
नक्कली पेस्तोल देखाएर भागेका काठमाडौँ गोठाटार–६ बस्ने २३ वर्षीय महेश रायमाझी र सिन्धुपाल्चोक जिल्ला अत्तरपुर–८ घर भई भक्तपुर जिल्ला मध्यपुर... बाँकी...
वेहोस फेला परेका व्यक्तिको प्रहरीद्वारा उद्दार
भक्तपुर, माघ २५ गते
भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१२ कुमालेटोलमा माघ २४ गते साँझ काभ्रे जिल्ला नारायणस्थान–९ घर भएका १३ बर्षीय मदन लामा वेहोस अवस्थामा फेला... बाँकी...
सकेट बम प्रहरीको सकृयतामा निष्कृय पारिएको
पर्सा, माघ २५ गते
पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका–१५ स्थित रामगडवामा आज बिहान साढे ९ बजे फेला परेको सकेट वम प्रहरीको सकृयतामा निस्कृय पारिएको छ । उक्त बम फेला परेको... बाँकी...
बम विष्फोटन भएकोमा प्रहरीबाट अनुसन्धान
पर्सा, सप्तरी, माघ २५ गते
पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका–१० घण्टाघरस्थित बसपार्क जाने बाटोमा फोहरको थुप्रोमा प्लाष्टिकले बेरेर राखेको आलु बम माघ २४ गते साँझ... बाँकी...
अपहरित व्यक्तिहरु सकुशल अपहरणमुक्त
सप्तरी, माघ २५ गते
सप्तरी जिल्ला जनडोल–१ स्थित डेरा गरी सडक मर्मत काम गर्ने सर्लाही जिल्लामा घर भएका केशव चालीसे, सुनसरी–इनरुवा बस्ने गणेश पोखरेल र ईलाम फिक्कल बस्ने... बाँकी...
अपहरित व्यक्तिको प्रहरीबाट खोजतलास जारी
पर्सा, माघ २५ गते
पर्सा जिल्ला लिपनिविर्ता–३ बस्ने ५० बर्षीय उद्धव अर्याल माघ २४ गते राति १० बजे अपरहणमा परेकोमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनको घरमा करीव १०... बाँकी...