प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - परिचय

परिचय (Introduction)

        नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय लुम्बिनी प्रदेश अन्तर्गत पर्ने (बर्दघाट सुस्ता पश्चिम) नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ११ स्थित रामनगर, जर्गाहमा रहेको छ । यो पुर्ब पश्चिम लोकमार्गबाट ५ कि.मि. को दुरिमा उत्तर दिशामा अवस्थित रहेको छ । यो महाविद्यालय २७ डिग्री ३६ मिनेट ५१ सेकेण्ड देखि २७ डिग्री ५१ मिनेट ५९ सेकेण्ड उत्तरी अक्षांशमा र ८३ डिग्री ४२ मिनेट ४४ सेकेण्ड पूर्वि देशान्तर देखि ८३ डिग्री ४२ मिनेट ५६ सेकेण्ड पुर्वि देशान्तरमा रहेको छ । GR ७१८१, ५५१६ मा रहेको यो महाविद्यालय चुरे पर्बतको फेदिमा ६३-०९-०८ जमिनी क्षेत्रफलमा फैलिएको छ । 


           मुलुकमा हुनसक्ने सशस्‍त्र बिद्रोह, आंतककारी गतिविधि, साम्प्रदायिक दंगा, प्राकृतिक प्रकोप जस्ता गम्भिर प्रकृतिको घटनाहरुको नियन्‍त्रण तथा व्यवस्थापन गर्नको साथै सार्वजनिक सुरक्षा, महत्वपुर्ण स्थानको सुरक्षा, विशिष्ट व्यक्तिको सुरक्षा जस्ता विषयसँग सम्बन्धित विभिन्न तालिमहरु दिनुका साथै प्रहरी कर्मचारीहरुमा ज्ञान, सिप र कार्यक्षमता वृद्धि गर्न आवश्यक पर्ने Tactical तालिमहरु यस महाविद्यालयमा संचालन हुँदै आएका छन ।

           

ईतिहास (Historical Background)

           देशमा शान्ति, सु-व्यवस्था अमन चयन कायम राख्‍न तथा कानुनको प्रभावकारी कार्यान्वयनद्वारा अपराध मुक्त समाजको निर्माणमा सदैव क्रियासिल नेपाल प्रहरी संगठनका सदस्यहरुलाई विशेष प्रकृतिका  तालिमहरु संचालन गर्ने प्रशिक्षण निकायको अभावलाई पुर्ति गर्न नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको स्थापना भएको हो ।


        विशेष गरि मुलुकमा हुनसक्ने सशस्त्र गतिविधि, विद्रोह, पृथकतावादी आन्दोलन, हुल हुज्जत, आतंकवादी गतिविधि, अपहरण, शरीर बन्धक, हातहतियार तथा बिष्फोटन जन्य खतरा लगायत प्रकृतिक विपदमा उद्वार कार्य जस्ता परिस्थितीको सामना गर्न सक्ने जनशक्तीको उत्पादनमा तल्लिन रहेको छ । वि.स.२०५६ साल पूर्व नेपाल प्रहरीले तत्कालिन प्रशिक्षण निकायहरु प्रहरी तालिम महाविद्यालय, ककनी, नुवाकोट र सशस्त्र प्रहरी तालिम केन्द्र डाडापाखर सिन्धुपलाञ्चोकबाट प्रहरी कर्मचारीहरुलाई प्रहरी युक्ति तथा कारवाही प्रकृतिको  विशेष तालिमहरु प्रदान गर्दै आईरहेको थियो । तत्कालिन माओवादी विद्रोहलाई निस्तेज पार्न वि.सं. २०५७ सालमा सशस्त्र प्रहरी बलको स्थापना भए पश्चात तत्कालिन श्री ५ को सरकारले वि.स. २०५८/०१/११ गतेको निर्णयले उक्त तालिम केन्द्रहरु नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको थियो । यसरी दुई महत्वपूर्ण तालिम केन्द्रहरु सशस्त्र प्रहरी बललाई हस्तान्त्रण पछि ट्याक्टिकल प्रकृतिका तालिमहरु गराउने प्रशिक्षण निकायको अभावलाई पुर्ति गर्न वि.स. २०६४/०७/१६ गतेको नेपाल सरकारको निर्णयले प्रहरी निरीक्षकको कमाण्डमा ११९ जनाको दरबन्दी सहित नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको स्थापना प्रहरी प्रधान कार्यालय नक्सालमा भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको वि.स. २०६७/०३/०२ गतेको निर्णयले प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा दरबन्दी थप गर्दै कुल १२५ जना कायम गरी यस महाविद्यालयको क्षमता अभिवृद्वि गरियो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा देखिएका आतंकवादका विविध स्वरुपहरु र त्यसको प्रतिकार गर्न सक्ने दक्ष प्रहरी उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने विभागिय निति अनुरुप तत्कालिन माओवादी लडाकुहरुको क्यान्टेनमेन्टको रुपमा रहेको साबिक रामनगर गा.वि.स. वडा नं. ५ हाल सुनवल नगरपालिका वडा नं. ११ जर्गाह स्थित तत्कालिन माओवादी जनमुक्ति सेना नेपालको चौथो डिभिजन अन्तर्गतको बसन्त स्मृति ब्रिगेड रहेको शिविरलाई नेपाली सेनाको ब्रजदल गणले सुरक्षा दिईरहेकोमा मिती २०७१/०९/१४ गते नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो । तत्पश्वात वि.सं. २०७२/१०/२१ गते नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय काठमाण्डौबाट स्थानान्तरण भई तत्कालिन संगठन प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालज्यूबाट मिति २०७२/०२/२४ गतेका दिन यस महाविद्यालयको विधिवत उद्घाटन भएको थियो । प्रहरी युक्ति तथा कारवाही प्रकृतिको विशेष तालिम संचालन गर्नको लागि रणनितिक महत्वको जमिनी अवस्थित रहेको यस महाविद्यालयको Master Plan अनुसार भौतिक निर्माण कार्यले गति लिईरहेको छ। पूर्व- पश्चिम राजमार्गको नवलपरासी- सुनवल खण्डदेखी  ५ कि.मी. उत्तर चुरे भावरको कोखमा अवस्थित करिब ७४ विगाह क्षेत्रफलमा फैलिएको यस महाविद्यालयको कार्यालय भवन र व्यायामशाला लगायत संरचनाहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यूबाट मिति २०७५/११/२७ गते समुद्धघाटन भई संचालन भईरहेको छ 


           महाविद्यालय स्थानान्तरणको छोटो समयमा उन्‍नत तालिम तर्फ प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अंगरक्षक तालिम, हतियार ह्‍याण्डलिङ् तालिम, विष्फोटक पदार्थको पहिचान र प्रतिकारवाही तालिम लगायतका विशिष्टिकृत तालिम तथा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक आधारभुत तालिमको प्रहरी युक्ति तथा कारवाही चरण सफलतापूर्वक सम्पन्‍न गरिएको छ । तालुक प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको चलानी नम्बर ४८० मिति २०७४/०९/२३ गतेको पत्रादेशानुसार तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंज काठमाण्डौंको प्रत्यक्ष मातहतमा रहेको यस महाविद्यालयलाई प्रहरी युक्ति तथा कारवाही, VIP Security र Explosive Handling जस्ता विषयमा Center For Excellence को लक्ष्य राखि Master Plan बनाई तिव्र रुपमा विकास गर्दै लगिएको छ ।


Card image cap
SSP Bhola Bahadur Rawal

Principal