अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-१६प्यूठान, झिमरूक गाउँपालिका-५ मच्छिबजारमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आगलागी सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । स्थानिय वन महासंघ झिमरूक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले पछिल्लो समयमा डढेलो, आगलागीका कारण वन क्षेत्र, घर, गोठ र चौपाय समेत क्षति हुन पुगेकोमा आगामी दिनमा यस्ता घट्नाहरू नियन्त्रणको लागि आवश्यक सामग्रीको व्यवस्थापन र आगलागीमा संलग्न व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाहीका लागी स्थानीय नागरिक र वन समूहको महत्वपुर्ण भूमिका रहेको चर्चा गर्नुभयो । लुम्बिनी प्रदेश वन महासंघका प्रदेश सदस्य दामोदर शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक इश्वर थापा, स्थानिय वन महासंघ झिमरुक गाउँपालिकाका अध्यक्ष मान बहादुर जिसी तथा डिभिजन वन कार्यलयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ] -
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८१-०१-१६पर्सा, कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०१-१६जुम्ला, पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका-१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८१।०१।१४ गते) ।
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन सम्बन्धमा (मिति २०८१।०१।१४ गते) ।
- प्रहरी कार्यालय सहयोगी पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना । (२०८१-०१-१४)
- Re-Invitation for bids (2081-01-12)
- Invitation for bids (2081-01-12)
- Invitation for Bids (2081-01-10)
- प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूह तर्फका प्राविधिक प्रहरी निरीक्षक पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । (२०८१-०१-०९)