अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०१-१६
- A
- A-
- A+
काठमाडौं, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-७ उजैनीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल सहित रामग्राम नगरपालिका-७ उजैनी बस्ने ५३ वर्षीय निर्मल नेटुवालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले युपी ५६ ई २८७६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक नेटुवालाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका-३ बस्ने २४ वर्षीय विनोद तामाङ र २० वर्षीय रेशम तामाङ रहेका छन् । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।