प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१-०१-२३

  • A
  • A-
  • A+
Share

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय र गौमुखी गाउँपालिका-७ नारीकोटको आयोजनामा लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र अपराध रोकथाम तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएको छ । 

जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्य र गौमुखी गाउँपालिका-७ नारीकोटका वडा अध्यक्ष कोमल पुरीको अध्यक्षतामा सोही गाउँपालिकास्थित अमृत जीवन माध्यामिक विद्यालयमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले प्रविधिको गलत प्रयोगका कारण हिंसा बढेको पाइएको उल्लेख गर्दै समाजमा हुने गरेका हिंसा लुकाउँदा र जोगाउँदा अपराधीलाई अपराध गर्नमा प्रोत्साहन हुने भएकोले कानूनको दायरामा ल्याउन सबैले आ-आफ्नो पक्षबाट सहयोग गर्नुपर्ने बताउनुभयो । महिलाविरुद्ध हुने जुनसुकै हिंसालाई कानूनी दायरामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले कार्यक्रमको औचित्यमाथि जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोष भालुवाङका संयोजक बसन्त पुनले लागूऔषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । 

जिल्लास्थित विभिन्न सरकारी तथा संघसंस्थाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी, सरोकारवाला निकाय, विभिन्न आमा समूह, स्थानीय भद्रभलाद्‍मीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय प्युठानका सहायक जिल्ला न्यायाधिवक्ता विष्णु हरि मरासिनीले कानूनी प्रावधानको बारेमा जानकारी दिनुभएको थियो । 

सम्बन्धित समाचार
दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-३ वरबोटस्थित भानुभक्त माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, दुर्व्यसनमा लाग्नुको कारण, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका तथा कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-५ कुमिकोटस्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिका प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानको तर्फबाट लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, लागूऔषधको परिचय, प्रकार, असर, बच्ने उपाय, दुर्व्यसनका चरणहरू र कानूनी प्रावधान बारेमा प्रस्तुतीकरण गर्दै लागूऔषधको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा जातिय विभेदको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले जातिय छुवाछुत, भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  मल्लरानी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-३१

प्युठान, माण्डवी गाउँपालिका-२ मार्कवाङस्थित सुन्नानो आधार माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्दै गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, नौबहिनी गाउँपालिका-६ लिङबहानेस्थित गंगा माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक कृष्ण राना मगरले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गंगा माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, मल्लरानी गाउँपालिका-२ कुडारास्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा  मल्लरानी गाउँपालिका प्युठानले कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लिंग र लैंगिकको भिन्नता, लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, हिंसा भएमा उजुरी गर्ने तरिकाको बारेमा प्रस्तुतीकरण गर्दै हिंसा र अपराधबाट बच्न अपनाउनु पर्ने सचेतना सम्बन्धी विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले प्युठान जिल्लामा रहेका दलितहरूको तथ्याङ्क, जातिय छुवाछुत तथा भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा लागूऔषध र जातिय विभेद सम्बन्धी जनचेतनामुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । मल्लरानी गाउँपालिकाका कार्यवाहक वडाअध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२७

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ ऐरावती गाउँपालिका-२ स्थित मोति माध्यामिक विद्यालयमा बुधबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।