प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

 


 

चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी

 

Mission Statement

"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
२०८१-०६-१८

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरी बीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्यको शुभारम्भ भएको उल्लेख गर्नुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।  कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

  • करिब ८ किलो सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिक पक्राउ
    २०८१-०६-१९

    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र सांगली दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याएको ८ थान बिस्कुट आकारको उक्त तौलको धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने छ । 

    [ विस्तृतमा ]
  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
    २०८१-०६-१९

    काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट, स्पास्मो १ सय ३० ट्याब्लेट र नगद ११ हजार ८ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३० वर्षीया पुजा खड्की तामाङ र रामेछाप दोरम्बा गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने २४ वर्षीय समिर मगर रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले पुजाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  रूकुम पश्चिम, मुसिकोट नगरपालिका-५ सेरीगाउँबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ८ किलो १ सय ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुसिकोट नगरपालिका-५ सेरीगाउँ बस्ने सोही बगरपालिका-९ बालचौर घर भएका ३६ वर्षीय भिम बहादुर वली र आठविसकोट नगरपालिका-२ स्याला बस्ने ३५ वर्षीय अजय यरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-४ बनकसिया बस्ने २६ वर्षीय विनोद कुमार सोनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ३ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महजिदिया बस्ने ३० वर्षीय रामचन्द्र बढैको घरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्राम फेला पारी उनलाई समेत शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पाँचथर, फिदिम नगरपालिका-४ जोरसाल बस्ने २४ वर्षीय अबिन सुजी समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ४ पत्ता र नगद ७ हजार रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले अबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका प्र.१-०३-००१ प ६५४० नम्बरको मोटरसाइकल र प्र.३-०२-०११ प ५३२२ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ ।  सुर्खेत, विरेन्द्रनगर नगरपालिका-३ एरिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-४ डेरा गरी बस्ने लेकवेशी नगरपालिका-९ घर भएका ३२ वर्षीय अनिल कुमार बुढा मगरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो नियन्त्रण शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले मंगलढी चोकबाट मुलपानी चोकतर्फ जाँदै गरेको भे.८ प ७२१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, कैलारी गाउँपालिका-८ लौसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ बस्ने ३० वर्षीया रिता कठरिया, गौरीगंगा नगरपालिका-१० बस्ने २८ वर्षीय इन्द्र कठायत र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय हेम चौधरी रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले रिताको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  दाङ, लमही नगरपालिका-९ तल्लो अमिलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ बस्ने २२ वर्षीय अनिस परियार र सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय गणेश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.५ प ४८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    २०८१-०६-१९

    दाङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने ४० वर्षीय धर्मराज यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्छेन तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०५-२८ जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८१-०५-२८)
२०८१-०४-२८ नेपाल प्रहरी अस्पतालको आवश्यकता सम्बन्धि सूचना
२०८०-१०-२६ जनपद प्रहरी समूह तर्फ प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०-१०-२६)
२०८०-१०-२६ दरखास्त फाराम (नयाँ भर्ना सबै पदको लागि)
२०८०-१०-२६ प्रहरी कार्यालय सहयोगी पदको विशिष्‍टीकृत कार्य क्षेत्र चयन फाराम (२०८०-१०-२६)
२०८०-१०-२६ जनपद समूह तर्फ प्रहरी सहायक निरीक्षक पदको मागपद संख्या थप सम्बन्धी सूचना (२०८०-१०-२६)
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी अनुरोध कार्यक्रम: प्रहरी समाचार
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम (२०८१-०६-१७)
रेडियो कार्यक्रम (२०८१-०६-१४)
रेडियो कार्यक्रम (२०८१-०६-११)

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।