PINK CAREATHON अन्तर्गत दौड प्रतियोगिता सम्पन्न
२०८१-०१-०८
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा PINK CAREATHON अन्तर्गत Walk and Run दौड प्रतियोगिता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताको उप-प्रमुख डंगोलले झन्डा उठाएर शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले प्रतियोगिता मानसिक र शरीरिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदाधिकारीहरू एवम् लेजर पोर्ट नेपालका पदाधिकारीहरूले दौड प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
उक्त दौड प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतमा कार्यरत महिला प्रहरी कर्मचारी र विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटर दूरीको दौड भएको थियो ।