बारम्बार सोधिने प्रश्नहरू
मेरो प्रस्थान मिति नबुझिने छ । मेरो राहदानी हराएको छ ।
प्रहरी चारित्रिक प्रमाणपत्रका लागि स्पष्ट कागजात चाहिने हुँदा यदि तपाईको राहदानीमा तपाईको प्रस्थान मिति स्पष्ट छैन भने, कृपया काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित अध्यागमन कार्यालयमा गई प्रस्थान मिति उपलब्ध गराई पाउँ भनि यात्रा गरेको राहदानी नं. सहित उल्लेख गरी निवेदन दिनुहोस् र त्यहाँबाट प्रस्थान मिति सहितको प्राप्त पत्र departure को स्थानमा अपलोड गर्नुहोस् ।
मैले प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गरे, तर यसमा भएको विवरणमा त्रुटि छ ।
तपाईको रिपोर्ट dispatch भइसकेको हुनाले, तपाईंले अर्को फारम ९० दिनसम्म भर्न सक्नु हुन्न । यदि तपाईको रिपोर्टमा गल्ती छ भने, हरेक शनिवार बिहान १० बजे देखि ५ बजे सम्म पुन: आवेदनको लागि प्रणालीमा व्यवस्था गरिएको छ । कृपया त्यो समयमा गल्ती भएको विवरण सच्च्याई पुन: आवेदन दिनुहोस् ।
प्रहरी चारित्रिक प्रमाणपत्र कति दिनमा प्राप्त हुन्छ ?
यदि तपाईको विवरण कुनै पनि संदिग्ध व्यक्तिसँग मेल नखाएको खण्डमा, सार्वजनिक बिदा बाहेक तपाईले आफ्नो आवेदन बुझाएको मितिबाट २-३ दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्नु हुनेछ ।
प्रहरी चारित्रिक प्रमाणपत्रमा नाममा त्रुटि भएको ।
तपाईंले आफ्नो OPCR मा खाता दर्ता गर्दाको विवरणका आधारमा प्रहरी चारित्रिक प्रमाणपत्रमा नाम आउने हुँदा, सम्भवत: नाम हाल्दा गल्ती गर्नु भयो । कृपया नयाँ इमेल श्रृजना गरी पुन: आवेदन दिनुहोस् ।
प्रहरी चारित्रिक प्रमाणपत्रको original (hard copy) प्रतिलिपि आवश्यक
नेप्रप्रकाबाट प्रहरी चारित्रिक प्रमाणपत्रको Hard Copy प्रदान नगरिने हुँदा OPCR प्रणालीमा तपाईको आई.डी. बाट लगइन् गरी डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार रङ्गिन प्रिन्ट गर्न सक्नुहुनेछ ।
प्रस्थान मिति छैन र दिल्लीबाट प्रस्थान भएको
यदि तपाईं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहेक अन्य अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नु भएको हो भने, कृपया आफ्नो वडाबाट कुन मितिमा प्रस्थान गर्नुभएको हो सो को सिफारिस बनाएर कागजात additional documents मा अपलोड गर्नुहोला होला ।
यी बाहेक अन्य समस्या भएमा
कृपया निम्न लिङ्क प्रयोग गरेर हामीलाई रिपोर्ट गर्नुहोस ।
रिपोर्ट गर्नुहोस् ।
Server could not generate response data
यो समस्या प्राय तपाईंले upload गर्नुभएको फोटोको Size बढी हुँदा आउने गर्दछ । कृपया upload गर्नुभएको फोटोहरूको Size घटाएर पुन : फाराम भर्नुहोला ।
मेरो आवेदन होल्डमा छ ।
तपाईको विवरण संदिग्ध व्यक्तिसँग मेल खाएको हुनाले होल्डमा राखिएको छ । कृपया आफ्नो नागरिकताको प्रतिलिपि र आवेदन आइडी नम्वरको साथ नेपाल प्रहरी प्रधान कार्यालय, चालचलन शाखामा सम्पर्क गर्नुहोस् । हामी तपाईंलाई यस विषयमा थप जानकारी गराउनेछौँ । यदि तपाईं स्वयं उपस्थित हुन असमर्थ हुनुहुन्छ भने, तपाईको आफन्तलाई पठाउन सक्नुहुनेछ ।
मैले नागरिक एप प्रयोग गरेर आवेदन दिए र मेरो प्रहरी चारित्रिक प्रमाणपत्रमा गलत विवरणहरु प्राप्त भएको छ ।
तपाईंले नागरिक एप प्रयोग गरी आवेदन दिनु भएको हुनाले उक्त एपबाट प्राप्त विवरणका आधारमा प्रहरी चारित्रिक प्रमाणपत्रमा गलत विवरण पाउनु भएको हो । तसर्थ, नागरिक एपको विवरण जिल्ला प्रशासन कार्यालयबाट सच्याएर पुन: आवेदन दिनुहोला वा opcr.nepalpolice.gov.np मार्फत पुन: फारम भर्नुहोस् ।
प्रमाणपत्र डाउनलोड भएन ।
सामान्यतया, यो ब्राउजरसँग सम्बन्धित समस्याका कारण हुने गर्दछ । तपाईंको ब्राउजर स्विच गरी पुन: प्रयास गर्न सक्नुहुन्छ वा ब्राउजरमा incognito/private mode प्रयोग गरी पुन: प्रयास गर्नु होस् ।
Reference नं. (सन्दर्भ नम्वर प्राप्त भएन)
यो विवरण नेपाल प्रहरीसँग सम्बन्धित नरहेको । Reference नं. कन्सुलर सेवा विभागद्वारा प्रदान गरिने भएकोले थप सहयोग र जानकारीका लागि कृपया सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोस् ।
अस्थाई पासवर्ड प्राप्त भएन (OTP Code Not Received)
यदि तपाईले अस्थायी पासवर्ड प्राप्त गर्नुभएन वा पासवर्ड विर्सनुभएमा (Forget Password) मा गई तपाईंको दर्ता भएको इमेल ठेगाना सहितको आवश्यक विवरण प्रविष्ट गरी "रिसेट गर्नुहोस्” मा क्लिक गर्नुहोस् ।