प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रहरी तालिम केन्द्र, जनकपुर, (हाल राजबिराज) - परिचय


परिचयः

पृष्‍ठभूमी:

नेपाल प्रहरीको विद्यमान सांगठनिक संरचनालाई पुनः संरचना गर्ने सन्दर्भमा श्री तालुक गृह मन्त्रालय (माननीय मन्त्रिस्तर) को मिति २०७४/१२/२९ गतेको निर्णय अनुसार गठित"संगठन तथा व्यवस्थापन सर्वेक्षण" समितिको प्रतिवेदन२०७५, नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७५/०२/२७ गतेको बैठकबाट स्वीकृत गर्ने निर्णय भए पाश्‍चात प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नं. २ धनुषा, जनकपुरका लागि प्र.ब.उ. देखि प्र.का.स. समेत गरी जम्मा २०० जना दरबन्दी सहित नयाँ निकासा भएको र अन्य प्रदेशमा रहेका तालिम केन्द्रहरूसँग एकरूपता हुने गरि शुरूमा क्षेत्रीय प्रहरी तालिम केन्द्र र पछि प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नं. २ जनकपुर, सम्पर्क कार्यालयः राजबिराजको नाममा साबिकको संघीय प्रहरी इकाई कार्यालय राजबिराज रहेको स्थानमा मिति २०७५/०५/११ गते स्थापना भई प्रशिक्षण गतिविधिहरू संचालन गर्दै आईरहेको छ ।


तालिम केन्द्रको कार्यालय  स्थापना तथा संचालनका सुरुवाती दिनमा दरबन्दीका र अन्यत्रबाट काजमा आएका गरि प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक तथा अन्य जिम्मेवारी सहित कार्यविभाजन गर्दै तालिम संचालन गरिएको थियो। तालिम केन्द्र स्थापना भएपश्चात प्रशिक्षण गतिविधिहरू प्रभावकारी रूपमा संचालन गर्नु पर्ने भएकोले उन्नत तथा आधारभूत तालिमहरु संचालन गर्न गराउनका लागि वार्षिक तालिम कार्यक्रम (क्यालेण्डर) तयार गरी तालिम गतिविधिहरु संचालन भईरहेको छ । तालिम केन्द्रलाइ आवश्यक पर्ने जग्गा मिति २०७५।०६।२९ गते जिल्ला धनुषा, मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा ५,५७,८०३.६९ वर्गमिटर(८२-७-४.५) बिगाह जग्गा प्रदेश प्रहरी तालिम केन्द्र प्रदेश नं. २ जनकपुरका नाममा प्राप्‍त भएको  ।


                   


                                                                             

                                                                                      

प्रवक्ता/सूचना अधिकारी
प्र.ना.उ. अनमोल खड्का
सम्पर्क नम्बरः९८५१२८१८०९


Facebook :-
https://www.facebook.com/ptcpradesh2/                     

Facebook Page:- https://www.facebook.com/ptcmadhesh/?show_switched_toast=0&show_invite_to_follow=0&show_switched_tooltip=0&show_podcast_settings=0&show_community_review_changes=0&show_community_rollback=0&show_follower_visibility_disclosure=0

हाम्रो बारेमा
कार्य क्षेत्रः-
संगठनको उद्देश्य अनुरुप मधेश प्रदेश अन्तरहतका प्रहरी कर्मचारीहरुका लागी आधारभुत तथा उन्नत तालिमहरु प्रदान गरिरहेको ।

उद्देश्यः-

  1. निष्पक्ष तथा पारदर्शि भर्ना, छनौट गराउनु ।
  2. नव प्रवेशी प्रहरीहरुमा व्यावसायिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराई समयानुकुल दक्ष जनशक्तिको उत्पादन गर्नु ।
  3. विभागिय आवश्यकतानुसार सेवाकालिन प्रहरी कर्मचारीहरुलाई बिभिन्न व्यावसायिक तालीमहरु संचालन गर्नु ।
  4. प्रशिक्षण केन्द्रहरुका लागि आवश्यक योग्य बाह्य प्रशिक्षकहरु तयार गर्नु ।
  5. प्रशिक्षण कार्य र शैलीका सम्वन्धमा नविनतम प्रणालीहरुको खोज तथा अन्वेषण गर्ने ।
  6. प्रशिक्षक तथा प्रशिक्षाथीहरुको वृत्ति विकासको लागि अतिरिक्त कृयाकलापहरु संचालन गर्ने ।
  7. यस केन्द्रको तत्वावधानमा अन्य प्रहरी निकायहरुमा संचालन हुने तालीमहरुको आवश्यक निरीक्षण, अनुगमन र सल्लाह सुझाव प्रदान गर्नु ।
  8. तालीम संचालन सम्बन्धमा देखापर्ने नीतिगत तथा व्यवहारिक समस्याहरु समाधानका लागि तालुक कार्यालयहरुसंग समन्वय गरी काम गर्ने ।

Card image cap
Gopal Chandra Bhattarai

Senior Superintendent of Police