अन्य जानकारीहरु
सार्वजनिक सुविधा
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८१-१२-०१कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । झापा, दमक नगरपालिका-१ फाल्गुनन्द चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने २६ वर्षीय डेक बहादुर थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । चितवन, कालिका नगरपालिका-८ मझुवाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका नगरपालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले बा.प्र.०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ सय ४४ ग्राम सहित रूकुम पश्चिम आठबिसकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-१२-०१बझाङ, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८१-११-२९काठमाडौं महानगरपालिका-९ पिङ्गला स्थान चोक नजिक शिवदर्सन होटलबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ९६ ग्राम, नियन्त्रित लागूऔषध ट्रामोल १० ट्याब्लेट, नगद ३५ हजार ४ सय ५० रूपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुनसरी घर भएका २१ वर्षीय सुरज राई, काठमाडौं एयरपोर्ट बस्ने सिन्धुपाल्चोक घर भएका २१ वर्षीय बिशाल थापा र कास्की घर भएका १६ वर्षीय किशोर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट छेडागाड नगरपालिका-१० बस्ने २३ वर्षीय पारस बुढामगर र दैलेख महाबु गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपास रोड धौलाकोटी होटल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ बस्ने १९ वर्षीय असिम रावत र पञ्चपुरी नगरपालिका-६ बस्ने २० वर्षीय आकाश खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, कनकाई नगरपालिका-४ मनकामना टोलबाट अवैध लागूऔषध गाँजा ८ किलो ४० ग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ईन्द्र चौधरी र उनकै श्रीमती ३२ वर्षीया ममता चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय कुबिर राई र सोही उपमहानगरपालिका-१५ बस्ने २१ वर्षीय समिर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ४१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँ बस्ने १७ वर्षीय किशोर समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत गुर्भाकोट नगरपालिका-९ दमार बस्ने २० वर्षीय गणेश वादी, २४ वर्षीय दिलिप वादी र २५ वर्षीय धुर्व वादी रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, लालझाडी गाउँपालिका-३ बल्मी बस्ने २२ वर्षीय मिलन राना र सोही गाउँपालिका-२ कञ्ज बस्ने २७ वर्षीय पुरन रानालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-६ बनगाउँ चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ ऐठपुर बस्ने २० वर्षीय दिवस चन्दलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भिमदत्त नगरपालिका-१८ बागवाणी बस्ने नरेश बमबाट खरिद गरेको भन्ने खुल्न आएपश्चात नरेशको घर तलासी गर्दा १ ग्राम ३९ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन फेला पारी नरेश र उनकै श्रीमती हिरा बमलाई समेत प्रहरीले पक्राउ गरेको छ । सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय धने राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले भानुचोकबाट जिरोप्वाईन्टतर्फ पैदल जाँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२८ गते) ।
- Re-Invitation for Bids (2081-11-28)
- प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फ, संगित उपसमूहतर्फ, केनाईन उपसमूहतर्फ र स्वास्थ्य उपसमूह अन्यतर्फ प्र.व.ह. पदबाट प्र.स.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२७ गते) ।
- प्राविधिक प्रहरी समूह, सञ्चारतर्फ, स्वास्थ्य अन्यतर्फ, प्यारामेडिक्सतर्फ, सङ्गीततर्फ, केनाईनतर्फ, कम्प्युटरतर्फ र आतभौतर्फ प्र.स.नि. पदबाट प्र.ना.नि. पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।११।२३ गते) ।
- सिलबन्दी प्रस्ताव आह्वानको सूचना
- उच्च शिक्षा छात्रवृत्ती सम्बन्धि सूचना (२०८१-११-२२)
- Amendment Notice (2081-11-21)
रिपोर्ट तथा प्रकाशन
