अन्य जानकारीहरु
चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
चालचलन प्रमाणपत्र सम्बन्धी थप जानकारी
Mission Statement
"कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी"
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८३-०६-३०काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ७१औं प्रहरी दिवस २०८३ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।सोही अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा तयार पारिएको नेपाल प्रहरी प्रतिको सार्वजनिक धारणा सर्वेक्षण, भीड नियन्त्रणको क्रममा मानवीय तथा भौतिक क्षति कम गर्दै गैरघातक हतियार तथा उपकरणको प्रयोगको अवस्था एवम् सुधारका क्षेत्रहरू, नेपाल प्रहरीमा वित्तीय अपराध अनुसन्धानको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू र प्रहरी जवानहरूको कार्यक्षेत्रमा कार्यसम्पादनको अवस्था र तालिमको प्रभावकारिता तथा ज्ञान, व्यवहारको मूल्याङ्कन सम्बन्धी अध्ययन प्रतिवेदनहरू सार्वजनिकीकरण गर्नुभयो । साथै उहाँले उत्कृष्ट कार्य गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाह, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक पुरूषोत्तम कँडेल, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा र अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीलाई कदरपत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी नायव उपरीक्षक सुवास भट्ट, प्रहरी नायव उपरीक्षक जिवन निरौला, प्रहरी नायव उपरीक्षक दान बहादुर थापा, प्रहरी निरीक्षक विशाल मल्ल, प्रहरी निरीक्षक गणेश पौडेल, प्रहरी निरीक्षक प्रकाश रेग्मी, प्रहरी निरीक्षक सुन्दर चौलागाई, प्रहरी नायव निरीक्षक भान बहादुर चन्द, प्रहरी नायव निरीक्षक सविना तामाङ र प्रहरी सहायक निरीक्षक सरोज मजाकोटीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी जवान प्रमिला कार्की, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक होत बहादुर रोका, उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी उपरीक्षक विपिन रेग्मी, प्रहरी नायव उपरीक्षक अशोक थापा, प्रहरी निरीक्षक रमेश राय, प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक कृष्ण प्रसाद भट्टराई, प्रहरी सहायक निरीक्षक पवन बस्नेत, प्रहरी सहायक निरीक्षक निशा खत्री, प्रहरी सहायक निरीक्षक अर्जुन पंजियार थारू, प्रहरी जवान लाल बहादुर कार्की, प्रहरी जवान सुरज लुहार र प्रहरी जवान निवस राईलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले उत्कृष्ट प्रहरी कार्यतर्फ प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी निरीक्षक देवेन्द्र दास र उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक राज कुमार चौधरी र प्रहरी हवल्दार ललिता खवासलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट प्राविधिक प्रहरी पुरस्कारतर्फ प्राविधिक प्रहरी उपरीक्षक ई. ईश्वर थापा, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. आज्ञा श्रेष्ठ, प्राविधिक प्रहरी नायव उपरीक्षक ई. मुकेश तिवारी, प्राविधिक प्रहरी नायव उपरीक्षक रविन भण्डारी, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक मान बहादुर कार्की, प्राविधिक प्रहरी नायव निरीक्षक ई. नविन मंडल, प्राविधिक प्रहरी सहायक निरीक्षक कृष्ण सेन र प्राविधिक प्रहरी सहायक निरीक्षक भिमसेन थापालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले उत्कृष्ट प्रहरी खेल प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ हवल्दार चेतन घिमिरे, उत्कृष्ट प्रहरी खेलाडी पुरस्कारतर्फ प्रहरी जवान नागेश्वर अहिर, उत्कृष्ट प्रहरी विद्यालय शिक्षक पुरस्कारतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेमा कार्यरत उद्धव कार्की एवम् उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दार सन्जु महर्जन र प्रहरी जवान सुरेन्द्र अवस्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठीमा आजीवन सदस्यता ग्रहण गर्नुहुने प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतका १० जना अधिकृतहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी दिवस २०८३ को अवसरमा नेपाल प्रहरीले आयोजना गरेको TikTok Awareness Competition मा भाग लिई उत्कृष्ट जनचेतनामुलक भिडियो बनाउनु हुने बुढानिलकण्ठ नगरपालिका-१४ चुनिखेलका रिषन श्रेष्ठ र तनहुँ व्यास नगरपालिका-२ का महम्मद गफ्फारलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ यशु श्रेष्ठ र प्रहरी निरीक्षक मन्दिप चौहानलाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने सिन्धुपाल्चोक मेलम्ची-४ की लालकुमारी राउत, नुवाकोट शिवपुरी गाउँपालिका-५ का चिरञ्जिवी कार्की, सल्यान कुमाख गाउँपालिका-२ का पैले बुढा र अछाम पञ्चदेवल विनायक नगरपालिका-९ की नैना देवी जोशीलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले अमर प्रहरी स्मारक डिजाइनर काठमाडौं महानगरपालिका-८ पलेखु टोल बस्ने ९३ वर्षीय ठाकुर प्रसाद मैनालीलाई कदरपत्र प्रदान गर्नुका साथै नेपाल प्रहरीलाई भौतिक संरचना लगायत निर्माणमा महत्वपूर्ण सहयोग गर्ने संस्था तथा सर्वसाधारण एवम् नेपाल प्रहरीको विभिन्न कार्यमा सहयोग गर्ने व्यक्तिहरूलाई समेत कदरपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी परिवारका सन्ततिको शिक्षा र उज्ज्वल भविष्य निर्माणका लागि प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोषको स्थापनार्थ ‘प्रहरी सहायक निरीक्षक, ११३ औं समूहको तर्फबाट प्रहरी निरीक्षक सुरेश हायुले चेक हस्तान्तरण गर्नुभयो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कार्कीले प्रहरी ऐन, २०१२ जारी भएसँगै नेपाल प्रहरीले संस्थागत स्वरूप प्राप्त गरेको दिनको सम्झना, विभिन्न कालखण्डमा कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका अमर प्रहरीहरू प्रति श्रद्धासुमन, वर्षभरि सम्पादन भए गरेका कार्यहरूको सिंहावलोकन गरी विविध विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा जवानहरू एवम् अमर प्रहरीका परिवारजनलाई सम्मान तथा पुरस्कृत गर्ने विशेष पर्वका रूपमा निरन्तर मनाउँदै आइरहेको आजको यस विशेष दिनमा विभिन्न जिम्मेवारीमा रही उल्लेखनीय तथा प्रशंसनीय कार्य गरी आज पुरस्कृत हुनु भएका प्रहरी कर्मचारीहरूलाई हार्दिक बधाई तथा अझ उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । साथै उहाँले नेपाल प्रहरीलाई निःशुल्क जग्गा उपलब्ध गराई प्रहरी संरचनाको विकासमा योगदान पुर्याउनुहुने जग्गादाताहरू तथा अपराध अनुसन्धान, भौतिक पूर्वाधार निर्माण र अन्य संस्थागत कार्यमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति नेपाल प्रहरीको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले उत्कृष्ट कार्य गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूले नेपाल प्रहरीको विविध क्षेत्रमा कार्यरत रही निर्वाह गरेको जिम्मेवारी र प्रदर्शन गरेको व्यावसायिकताले नेपाल प्रहरीले जनसेवामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको उल्लेख गर्दै पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्दै पुरस्कृत हुनुभएका प्रहरी अधिकृतहरूलाई आगामी दिनमा अझ जिम्मेवार, निष्पक्ष, पारदर्शी र परिणाममुखी सेवा प्रदान गर्ने दायित्व समेत थपिएको बताउनुभयो । साथै आज पुरस्कृत हुने कर्मचारीहरूले प्रदर्शन गर्नु भएको अदम्य-साहस, जिम्मेवारी बोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूले समेत प्रेरणा लिदै आ-आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट कार्य गर्दै नेपाल प्रहरीको शिर उच्च बनाउने अपेक्षा लिएको समेत उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले मुलुकको बदलिँदो राजनीतिक तथा सामाजिक, आर्थिक परिवेश, विकसित हुँदै गएका सुरक्षा चुनौती, अपराधका नयाँ स्वरूप, प्रविधिको तीव्र विकाससँगै सिर्जित अवसर र चुनौतीहरूलाई मध्यनजर गर्दै आफ्नो कार्यशैली, क्षमता र कार्यसम्पादनमा समयानुकूल रूपान्तरण गर्दै अझ जिम्मेवार, व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी ढंगले नागरिक केन्द्रित सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कानुनको कार्यान्वयन तथा मानव अधिकारको संरक्षण र संवर्धनलाई उच्च प्राथमिकतामा राखी कर्तव्यपालनाको क्रममा त्यसतर्फ थप सचेत रहन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ] -
नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
२०८३-०६-३०तनहुँ, भिमाद नगरपालिका-६ शान्तीनगर टोल डेरा गरी बस्ने सोही नगरपालिका-३ जलौदी घर भएका ३१ वर्षीय शिव मल्ललाई नियन्त्रित लागूऔषध फेनारगन २६ एम्पुल, डाइजेपाम २६ एम्पुल र बुप्रेनोर्फिन २६ एम्पुल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले शिवको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०६-३०मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४८ ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने ३२ वर्षीय गोबिन्द तामाङ र मकवानपुर मनहरी गाउँपालिका-३ लामिटार बस्ने २४ वर्षीय सफल बिक्रम राणा रहेका छन् । बागमती प्रदेश प्रहरी गण हेटौंडा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१८ वाइवाई चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १८ ट्याब्लेट सहित ललितपुर चुनिखेल बस्ने धादिङ निलकण्ठ नगरपालिका-५ घर भएका २२ वर्षीय नविन आले मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुंगमतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ८० ट्याब्लेट सहित सोही नगरपालिका-४ प्रगति टोल बस्ने २१ वर्षीय सरोज बर्देवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलाली जोशीपुर गाउँपालिका-९ घर भएका २२ वर्षीय कुशल चौधरी रहेका छन् । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले से.२ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३९ वर्षीय मिलन मेचे समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१ हलगडा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन २ सय ट्याब्लेट सहित सुन्दरहरैँचा नगरपालिका-५ सिक्किमे चोक बस्ने ३१ वर्षीय पर्शुराम गुरूङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले इटहरी उपमहानगरपालिका-२ बरगाछीबाट सोही ठाउँ बस्ने २८ वर्षीय उज्ज्वल बुढाथोकीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र डाइक्लोमाइन ३० ट्याब्लेट सहित पक्राउ गरेको छ । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५३ प ५१ नम्बर र बा.२३ प २४७३ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ]
हाईलाईटहरु
- बाटो अवरुद्ध भएको सम्बन्धी :- मिति २०८३।०६।३० गते २१:४० बजे सम्म ।
- प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा विशेष स्वास्थ्य परीक्षण तालिका सम्बन्धी सूचना (२०८३-०६-३०)
- Amendment Notice (2083-06-30)
- प्राविधिक प्रहरी समूह, विधिविज्ञान उपसमूहतर्फ प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२९ गते) ।
- संगठन प्रमुख श्रीमान् प्र.म.नि. दान बहादुर कार्कीज्यूले ७१ औं प्रहरी दिवस एवम् नेपालीहरुको महान चाड वडादशैं, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको पावन अवसरमा दिनु भएको "शुभ-कामना सन्देश"
- प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, सवारीतर्फ र हातहतियारतर्फ प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
- प्राविधिक प्रहरी समूह अन्तर्गत सूचना प्रविधि/कम्प्युटरतर्फ, विधिविज्ञानतर्फ, सवारीतर्फ र हातहतियारतर्फ प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८३।०६।२८ गते) ।
रिपोर्ट तथा प्रकाशन